आस्था राउतको विवादित सिसिटिभी फुटेज सार्वजनिक:दिईन यस्तो प्रतिक्रिया

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | आस्था राउतले बुधबार प्रहरीलाई गालिगरेको भिडियो सार्वजनिक भएको छ | उनले विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोस पोखेकी थिइन् | प्रहरीलाई गालि तुच्छ शब्दले  गालि गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् |


शुक्रबार फेसबुक लाइभ आउँदै गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छिन् | उनले भनिन, 'मलाई पनि चित्त दुखेको छ,गायकलाइ गाइने, बन्दुक बोक्नेलाई बन्दुके,डण्डा बोक्नेलाई डन्ठे भन्दा के हुन्छ ? त्यति नराम्रो शब्द हो ?त्यत्रो ठुलो अपराध गरेको होइन |'

राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने भन्दै अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् उनले आग्रह गरिन | गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन । त्यसको लागि माफी चाहन्छु' |


देखेको भरमा अनावश्यक गाली नगर्न र वास्तविकता बुझ्नन उनले आग्रह गरिन | उनले भनिन,"दुइदिन अगाडी मलाइ पोखरा जानेबेलामा जाकेट खोल्न भनेको थिएँन,चेक गर्नुस भनेर हात उठाउँदा खेरि जाकेट खोल्नुस भन्यो' |

‘२, ४ शब्द गल्ती बोलेको दोहोर्याउदै त्यसको लागि क्षमा चाहन्छु । दुई हात जोडेर माफी माग्छु ।’ उनले भनिन | विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ |' भनिन |


अहिले सामाजिक संजालमा उनको विवादित भिडियो सिसिटिभी फुटेज निकै भाइरल भएको छ | भने विमानस्थलमा खटिएकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!