यस्तो हुनेछ आजदेखिको मौसम

Posted on: 18 Jan, 2020

माघ ४, काठमाडौँ | पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । “भोलिबाट मौसम पूर्ण सुधार हुनेछ । तत्काललाई अब वर्षा हुने सम्भावना छैन”, मौसमविद् पोखरेलले भन्नुभयो ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । 

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ । सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!