नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्न भारत सकारात्मक

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौं । लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ ।

हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक भएको हो ।

नेपालका तर्फबाट वार्ता टोली प्रमुख आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!