यस्तो छ मौसम पूर्वानुमान

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौँ |  नेपालको पुर्बी भूभाग नजिक  निम्न  चापीय रेखा रहेको कारण हल्का बर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | शुक्रबार पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ |

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ |

रातीः  देशको पुर्वी पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११  गते (शनिबार)

दिउँसो : देशका अधिकांस स्थानमा  आंशिक बदली  रहनेछ |

रातीः  देशको  पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।

 माघ १२ गते (आइतबार)

दिउँसो : देशको  मध्य र पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।

रातीः  देशको  मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!