बिरामी बोक्ने एम्बुलेन्स गाँजा बोक्दै,सरकारी एम्बुलेन्सबाटै साढे ३० किलो गाँजा बरामद !

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | शनिबार साँझ हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ | वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त गाँजा नियन्त्रमा लिइएको हो |

उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको पाइएको छ | चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी पक्राउ परेका छन् |

उनीहरुले मकवानपुरबाट एम्बुलेन्समा गाँजा  ओसार्ने गरेको खुलेको छ | प्रहरीका अनुसार एम्बुलेन्स भित्र तीन वटा झोलामा ६ पोका पारेर राखेको गाँजा सहित ९१ हजार रूपैयाँ फेला पारेको हो | एम्बुलेन्स र नियन्त्रमा लीइएकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!