ट्रकमा पालैपालो यौनसम्पर्कपछि तेस्रोलिङ्गीको हत्या,पैसाको कुरा नमिलेपछि हत्या गरेको खुलासा

Posted on: 04 Feb, 2020

माघ २१, हेटौंडा | हेटौंडा-११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ | अजिता भुजेल गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् | मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हत्यामा संलग्न ५ आरोपीलाई सार्वजनिक गरेको छ | 

हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा लाइ सार्वजनिक गरिएको हो | उक्त घटनामा संलग्न दुई जना भने फरार रहेका छन् | 

उनको हत्या भएको १५ दिन पछि प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्नलाई सार्वजनिक गरेको हो | सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ | ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् |

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए | हत्यापछि अजिता मोबाइल आशिषले लगेको पाइएको छ | उक्त मोबाइल आशिषले आफ्नी पत्नी एलिसालाई दिए र वाइल अन भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!