प्रहरीले बर्दी लगाएर पेस्तोल नचाउँदै टिकटकमा भिडियो सार्वजनिक गरेपछि...

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | अहिले निकै प्रचलनमा रहेको एप हो टिकटक | १५ सेकेन्डको भिडियो बनाएर पोष्ट गर्न मिल्ने यो एपमा धेरैले भिडियो बनाएर पोष्ट गरिरहेका हुन्छन | पछिल्लो समय सामाजिक संजालको प्रयोग दिनदिनै बढिरहेको छ | 

यस्ता सामाजिक संजालको सदुपयोग भन्दा दुरुपयोग बढिरहेको प्रहरीको भनाई छ | छोटो समयमै चर्चामा आउन र मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाएर सार्वजनिक गर्ने गरिएको पाइएको छ | तर प्रहरीले समेत प्रहरी कार्यालय भित्रै भिडियो बनाएर पोष्ट गरेर पाइएको छ |

जनताको सुरक्षाका लागि खटिने प्रहरीले त्यसको संवेदनशिलतालाई नै नबुझी प्रहरीको पोसाकमै टिकटकमा भिडियो बनाएर सार्वजनिक गरिएको हो | दिलु मगर ९१ अकाउन्टबाट सार्वजनिक भएको उक्त टिकटकमा दुईवटा भिडियो छन् |

एउटा भिडियोमा प्रहरी नायव निरीक्षक (सई) को पोसाक लगाएकी महिला सईले पेस्तोल नचाउँदै गरेको भिडियो छ | अर्को भिडियोमा पुरुष सईको अँगालोमा एक महिला देखिन्छिन् । सईको नेमप्लेटमा आरबी थापा लेखिएको छ | अर्को कुरा, उक्त भिडियो कुनै प्रहरी कार्यालयभित्र नै बनाइएको देखिन्छ | 

उक्त भिडियोको पछाडी झ्यालमा राखिएको पर्दा प्रहरी कार्यालयमा नै राखिने निलो रंगको देखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!