सुनकाे भाउ घट्याे

Posted on: 26 Feb, 2020

फागुन १४, काठमाण्डाै । बुधाबार सुनको भाउ  ताेलामा पाँच सय रुपैयाँले घटेको छ । बुधाबार सुन ताेलाकाे ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो ।

मङ्गलबार सुन तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

चाँदीको भाउ पनि बुधबार तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!