नुनपानीले कुल्ला गर्दा कोरोना संक्रमण र लक्षणको समय घटाउन सकिने ब्रिटेनका शोधकर्ताको दावी

Posted on: 24 May, 2020

जेठ ११, काठमाडौँ (एजेन्सीको सहयोगमा) | कोरोना भाईरसबाट संक्रमित भईसक्नु भएकाहरुले नुनपानीले कुल्ला गर्नाले लक्षण र जोखिम घटाउन सक्ने दावी गरिएको छ । यो दावी ब्रिटेनको  एडिनबर्ग यूनिवर्सिटीमा भएको अनुसन्धानको हो । जसको अनुसार, नुनपानीले कुल्ला गर्दा कोरोना संक्रमणको लक्षणलाई कम गर्न सकिने साथै संक्रमणको अवधि पनि घटाउन सकिने भएको छ ।

शोधकर्ताहरुले कोरोना संक्रमणबाट जुधीरहेका ६६ जनामा यो अनुसन्धान गरेका थिए । अनुसन्धानमा सहभागी संक्रमितलाई नाक र घाटीमा कोरोना संक्रमण थियो । 

उपचारको साथै कुल्ला गराइयो 

शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित व्यक्तिहरुलाई उपचारसंगै नुनपानीले कुल्ला गराइयो । १२ दिनपछि उनीहरुको नाकबाट नमुना लिईयो । जसको अनुसन्धान रिपोर्टमा आयो कि संक्रमणको लक्षणमा कमी आयो । 


औसतमा २.५ दिनमा संक्रमण घट्यो 

जर्नल अफ ग्लोबल हेल्थमा प्रकाशित शोधका अनुसार, कोरोना संक्रमितहरु जसलाई कुल्ला गराइयो उनीहरुमा संक्रमण औसतमा २.५ दिनमा घट्यो । शोधकर्ता डा. सन्दीप रामालिंगमका अनुसार कुल्ला गर्नाले संक्रमितहरुमा त्यसको प्रभाव देखिएको छ र कम समयमै संक्रमितलाई निको पार्न सकिने दावी गरिएको छ ।

पुरा रिपोर्ट यो लिंकमा क्लिक गरेर पढ्न सकिन्छ ।

छिट्टै परीक्षण शुरू हुनेछ 

शोधकर्ताहरुका अनुसार यो विषयमा छिट्टै परीक्षण शुरू हुनेछ । हालै एक अन्तर्राष्ट्रिय भाइरस विशेषज्ञको एक समूहले माउथवास (मुख धुनाले) कोरोना भाइरसको असरलाई घटाउन सकिने दावी गरेको थियो । उनीहरुको अनुसार माउथवास गर्नाले कोशिकामा संक्रमित हुनु अघिनै कोरोना भाइरसलाई नष्ट गर्न सकिन्छ । 

विशेषज्ञहरुले कुल्ला गर्दा निकालिने पानी खुला ठाउँमा नफाल्न पनि सुझाव दिएका छन् । साथै अरुको अगाडी ६ फिट टाढा बसेर मात्र कुल्ला गर्न भनिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!