थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कुन कुन जिल्लामा भेटिए संक्रमित ?

Posted on: 26 May, 2020

जेठ १३, काठमाडौं । नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु महोत्तरी मनरा गाउँपालिका– १० का ३० र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुुइजना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका १ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीनजना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै रौतहट गौर नगरपालिकामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एक जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहटकै देवाही गुनाइ नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर भित्रका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै रौतहटकै राजदेवि नगरपालिकाका २२ वर्षीया पुरुष, रौतहटकै गरुणा नगरपालिकाका एकजना २४ वर्षीया पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एकजना १८ वर्षीय पुरुष रहेका छन् । यस्तै सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन् । यस्तै धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ ।

उनीहरु कपिलवस्तु मायादेवि ७ का दुुइजना २२ र ५० वर्षीया पुरुष, अर्घाखाँची कमलामाविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एकजना २२ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोथ अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुईजना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेपालगञ्जमा थप ७ जनामा पोजेटिभ देखिएको छ । उनीहरु बाँके डुडुवाका एक जना २०, २१, ३६, ४० वर्षीया पुरुष, बाँकेको राप्ती सोनारी वडा नम्बर ३ का एक जना ४६वर्षीया पुरुष,  वडा नम्बर ९ का एक जना ३८ वर्षीय पुरुष र बाँकेकै वैजनाथ ३ का ३० वर्षीय पुरुष रहेका छन् । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये २ वर्षीया बालिकालगायत २९ वर्षदेखि ५५ वर्षका ३२ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर १, २ र ८ का रहेका छन् । उनका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको कुल संख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्। मंगलबार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२जना क्वारेन्टाइनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। हालसम्म कुल ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!