नेपाल जान भनेर फारम भर्नेहरु सम्पर्क बिहिन

Posted on: 28 May, 2020

योगेन्द्र योगी | जेठ १५, दोहा | कोरोना भाइरस कोभिड-१९ का कारण समस्यामा परेका नेपालीको समस्या समाधानका लागि बहराइनस्थित नेपाली  दूतावासद्धारा जारी गरिएको फारम भर्ने क्रममा कतिपय नेपालीले फारम भरेको तर उनीहरुले दिएको फोन नम्बरमा फोन गर्दा सम्पर्क हुन नसकेको भन्दै दूतावासले कर्मचारी र दूतावासमा फोन गरेर यथाशिघ्र सम्पर्क आउन आग्रह छ ।

नेपाल जान भनेर फारम भर्नेहरुका सम्पर्क बिहिन भएको भन्दै  दूतावासले जारी गरेको निम्न लिंकमार्फत् सार्वजनिक गरेकोमा सोको आधारमा तत्काल नेपाल जानुपर्ने भनि फारम भरिएको तर सो फारम भर्दा उपलब्ध भएका कतिपय मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको जनाएको छ । 

दूताबासका अनुसार नेपाल तत्काल जानुपर्ने भनेको तर दूतावासबाट सम्पर्क हुन नसकिएकाले तपसिल बमोजिमको ठेगानामा यथाशिघ्र सम्पर्क गरि जानकारी गराउन अनुरोध गरेको छ  ।

दूतावासको टेलिफोन नम्बर १७७२-५५८३, श्रम सहकारी दामोदर दाहाल ३२०९५०४१, शकिल अहमद शेख ३५४२७७१७ र गोपि विक्रम भट्टराईको ३५५४७९५१ निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!