नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, थप एक संक्रमितको मृत्यु

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । नेपालमा थप १५६ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवाकोटाका अनुसार थप १५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । पछिल्लो विवरण अनुसार ४ जना निको भएका छन् भने हालसम्म कुल १८७ जना निको भएर घर फर्किएका उनले बताए  ।

कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए । मृतक ललितपुरका ५६ वर्षीय पुरुष भएको उनले बताए । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!