यस्तो छ आज सहित आगामी सोमबारसम्मको मौषम पूर्वानुमान

Posted on: 30 May, 2020

जेठ १७, काठमाडौँ | आज देशभर केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको  सम्भावना रहेको जल तथा मौषम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी  वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव  रहेको छ ।

हाल  देशभर  सामान्य  बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

आगामी तीनदिन को मौषम पूर्वानुमान 

जेठ १७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा   मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ। 

जेठ १८ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रहि  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!