थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कहाँ-कहाँका ?

Posted on: 30 May, 2020

जेठ १७, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । 

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । पछिल्लो पटक बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।

यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जना रहेका छन् ।

सनिबार कहाँ कति संक्रमित ? 

कपिलवस्तु- १०९ जना

सर्लाही - १७ जना

दैलेखका - १४ जना

सिरहा - ११ जना

सप्तरीका - ९  जना

धनुषा - ७ जना

रौतहट - ६ जना

दाङ - ५ जना

महोत्तरी - ४ जना

पर्सा - २ जना

संखुवासभा - २  जना

झापा - १ जना

ललितपुर - १ जना

बारा - १ जना

मन्त्रालयका अनुसार हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!