थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ ले जिते कोरोना

Posted on: 05 Jun, 2020

जेठ २३, काठमाडौं । शुक्रबार थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, सुर्खेतका युवकको मृत्यु कोरोना संक्रमणबाटै भएको सरकारले घोषणा गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका- १ का युवकको बिहीबार मृत्यु भएको थियो । उनको मृत्युपछि गरिएको पीसीआर विधिको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!