नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

Posted on: 06 Jun, 2020

जेठ २४, काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मन्त्राललयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो पटक २ जनाको पनि मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको जानकारी दिए । 

सेतीमा मृत्यु भएकी महिला मिर्गौलाकी बिरामी भएको समेत उनले जानकारी दिए। ५५ वर्षीया उनको जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो। नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । 

शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि उनले जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!