थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कहाँका छन् संक्रमित (हेर्नुहोस् विवरण)

Posted on: 06 Jun, 2020

जेठ २४, काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा थप ३२३ सहित नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो ।

शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विरागटनगरमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ । उनीहरु मोरङका २ जना १८ र २३ वर्षका पुरुष, सुनसरीका ४ जना २४ र ३५ वर्षकी महिला र ३८ र४५ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी सप्तरीका ५० वर्षीय पुरुष हुन् । यस्तै भरतपुरको कोरोना विशेष अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु नवलपरासीका क्वारेन्टाइनमा रहेका १८ देखि २७ वर्ष सम्मका पुरुषहरु हुन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनाको पोजेटिभ आएको छ । उनीहरु बाँकेका १२ जना २३ र ४१ वर्षकी महिला र ४ वर्षका बालक देखि ३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै बर्दियाका २८ जना रहेका छन् । उनीहरु २५ वर्षकी एक महिला र १५ वर्षका किशोर देखि ६० वर्ष सम्माका पुरुषहरु रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरीएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको उनले बताए  । उनीहरुमध्ये कास्कीका ३ जना २३ देखि ५९ वर्षका रहेका छन् ।यस्तै स्याङ्जाका १० जना १६ देखि ५४ वर्षसम्मका, बाग्लुङका एकजना ३९ वर्षका पुरुष रहेका छन् ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सुनसरीका एक जना ३० वर्षका पुरुष, सप्तरीका ७ जना २ वर्षकी बालिका र २७ वर्षकी महिला र २ वर्षका बालकसहित ४० वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ आएको छ । उनीहरु बझाङका ६ जना ४० वर्षका २ जना महिला र २५ देखि ७० वर्ष सम्मका पुरुषहरु, कञ्चनपुरका एकजना ३८ वर्षका पुरुष, हाल कञ्चनपुरमा रहेका स्थायी ठेगाना काठमाडौं भएका २ जना १८ र ३८ वर्षका पुरुष, अछामकी ५२ वर्षकी महिला, कैलालीका २ जा ४१ र ५५ वर्षका पुरुष, डडेल्धुराकी २१ वर्षीया महिला रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४३ जना १८ महिने बालिका सहित ६० वर्ष सम्मका १० जना महिला र ५ महिनाको बालक सहित ४९ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।यस्तै डोल्पाका ५८ वर्षका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपन्छि रोग अन्वेषण केन्द्रको प्रयोगशालमा ५७ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४ जना १७ देखि २२ वर्ष सम्मका पुरुष, सुर्खेतका १० जना १७ देखि ५१ वर्ष सम्मका पुरुषहरु, जाजरकोटका ४ जना ३३ वर्षकी महिला र १९ देखि ५२ वर्ष सम्मका पुरुष, सल्यानका ३८ जना रहेका छन् । उनीहरु मध्ये एकजना २१ वर्षकी महिला र १४ वर्षका किशोर देखि ५७ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये अर्घाखाँचीका एकजना ५० वर्षका पुरुष, कपिलवस्तुका ११ जना १९ देखि ५० वर्षसम्मका पुरुष, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना १९ देखि३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय २० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये भक्तपुर कमलविनायकका एकजना ३१ वर्षकी महिला, धनुषामा क्वारेन्टाइनमा रहेका ८ जना व्यक्तिहरु १९ देखि ५४ वर्ष सम्मका पुरुषहरु, कपिलवस्तुको महाराजगञ्जमा रहेका ३९ जना ६ महिने बालिका देखि ५५ वर्ष उमेर सम्मका ७ जना महिला र ४ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाका ४ जना रहेका छन् । उनीहरु ३१ र ३५ वर्षकी २ जना महिला, ३६ र ४६ वर्षका दुई जना पुरुष रहेका छन् । यस्तै महोत्तरीका ३५ जना रहेका छन् । उनीहरु २२ वर्षकी एक महिला, ११ वर्षका एक बालक देखि ५२ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै रौतहटका ६ जना दुई महिला र ४ जना पुरुष रहेका छन् । यस्तै सर्लाहीका २७ जना १६ देखि ३८ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइनमा एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६५ पुगेको छ ।

मृतकको संख्या १३ पुग्यो

नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र  सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै मृतकको संख्या १३ पुगेको छ ।

डोल्पाका पुरुष दमको रोगी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । उनको २१ जेठमा मृत्यु भएको थियो । त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएकी र उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको देवकोटाले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!