आज ७४१६ पीसीआर टेस्ट, ३३१ जनामा कोरोना संक्रमण पुष्टि

Posted on: 20 Jun, 2020

असार ६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ । जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कुल ७४१६ पीसीआर टेस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये आज ४९ महिला र पुरुष २८२ जना संक्रमित भेटिएका छन् । आज झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म नेपालमा १ लाख ६९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको छ । 

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १५ सय ७८ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १७६ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!