आज थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

Posted on: 25 Jun, 2020

असार ११, काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । 

हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला  र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए । 

नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या १ प्रतिशत रहेको छ भने निको हुनेको संख्या ९९ प्रतिशत रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!