उपत्यकाको ढलमा कोरोना भाइरस: समुदाय स्तरमा कोरोना फैलिसकेको संकेत

Posted on: 05 Jul, 2020

असार २१, काठमाडौं । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको जनाएको छ । उक्त अध्ययन अन्तर्गत उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताएका छन् । कर्माचार्यले नेपालमा संक्रमणको दर बढ्दै जाँदा चार ठाउँको ढलको स्याम्पल ल्याएर अनुसन्धान गरेको, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला परेको बताएका छन् ।


यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्माचार्यले बताए । 

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताएका छन् । डाक्टर कर्माचार्यले अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्ने उनले बताएका छन् ।

यो अध्ययनले समुदायमा संक्रमण भएको प्रष्ट पारेको भन्दै जोखिम समूहका मानिसहरूलाई बचाउनु पर्ने डाक्टर दीक्षित बताउँछन् । सामाजिक दुरी कायम नगर्ने हो र अन्य सुरक्षाका उपाय नअपनाउने हो भने संक्रमण जोखिम समूहमा छिर्न सक्ने उनको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!