थप २९३ जनामा कोरोना संक्रमण, काठमाडौँका २७ जना

Posted on: 05 Jul, 2020

असार २१, काठमाडौँ | आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य काठमाडौँका २७ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।  आइतबारसम्म कोरोना संक्रमित भई डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् ।

हाल नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको बिभिन्न दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको भन्ने विषयको अध्ययन भईरहेको भन्दै त्यस बिषयलाई लिएर नआत्तिन आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!