तेत्तीस किलो सुन काण्डका आरोपीलाई विमानस्थलका कर्मचारीले चिनेपछी...

Posted on: 11 Jul, 2020

असार २७, काठमाडौँ | तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । 

त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!