युएईस्थित नेपाली दूतावासको चेतावनी- बढी शुल्क लिए कार्बाही गर्छौं

Posted on: 16 Jul, 2020

योगेन्द्र योगी | साउन १, दोहा | कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुबाट विभिन्न एयरलाइन्स कम्पनीहरुले चार्टर्ड उडानमार्फद स्वदेश फर्किने नेपाली नागरिकहरुलाई तोकिएभन्दा बढी भाडा लिए कार्बाही गर्ने युएईस्थित नेपाली दूतावासले चेतावनी दिएको छ ।

दूतावासमा तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि एक सूचना जारी गर्दै गम्बिर ध्यानाकर्षण भएको समेत जनाएको ।

नेपाल सरकारले यूएईबाट चार्टर उडानका भाडा लागि नेपाल एयरलाइन्सको अमेरिकी डलर ३६० हिमालय एयरलाइन्सको ३८५ अमेरिकी डलर तोकेको छ । 


अर्थात (१४ सय २०  दिराम) र अन्य एयरलाइन्सको हकमा सम्बन्धित एयरलाइन्सले तोकेअनुसार हवाईभाडा निर्धारण गरेको जनाउँदै युएईबाट नेपाल फर्किनुपर्नेहरुले टिकट लिनुअघि राम्रोसँग बुझेर सम्बन्धित एयरलाइन्सको आधिकारिक बिक्रेतासँग मात्रै हवाई टिकट खरिद गर्न दूतावासले सूचित गरेको छ।

स्वदेश फर्किने नेपालीहरुबाट ट्राभल्स एजेन्सी तोकिएको भन्दा बढी मूल्य टिकट बिक्रि गरेको कारण टिकट नपाएरको गुनासो आउन थालेपछि तोकिएको भन्दा लिए दूतावासमा खबर गर्न अनुरोध गरेको छ । 

यूएईबाट स्वदेश फर्किने नेपालीहरुको सङ्ख्या ठूलो भएपनि अहिलेसम्म ५ हजार ८ सय ५९ जना मात्र नेपाल फर्किएको दूतावासले जनाएको छ ।

दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!