केयर बाल गृहबाट ११ बालबालिकाको उद्धार

Posted on: 05 Aug, 2020

साउन २१, काठमाडौँ | काठमाडौँको कपनस्थित केयर बाल गृहबाट आज ११ बालबालिकाको उद्धार गरिएको छ । 

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि आज बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिनुभयो । 

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो । 

विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!