साउन २४, काठमाडौँ | ब्रिटेनका शोधकर्ताहरुले बीसीजी भ्याक्सिन कोविड-19 विरुद्ध उपयोगी रहेको पाइएको बताएका छन् ।
बीसीजी (ब्यासिलस क्यालमेट-गुएरिन) भ्याक्सिन कोविड-19 को बिरुद्ध उपयोगी भएको पत्ता लागेको हो । यो भ्याक्सिनले हाम्रो रोग प्रतिरोधी क्षमता बढी गराउछ । बीसीजी टीबी रोकथामको लागि दिईने भ्याक्सिन हो । वैज्ञानिकहरुले गरेको यो अध्ययन 'सेल रिपोर्ट मेडिसिन' जर्नलमा छापिएको छ ।
यस अध्ययन अनुसार जसले पछिल्लो पाँच बर्षमा बीसीजी भ्याक्सिन लगाएका थिए, उनीहरुमा कोरोनाको लक्षण निकै कम भेटिएको छ ।
यसअघि बीसीजी भ्याक्सिन कोविड-19 विरुद्ध उपयोगी भएको मानिएपनि वैज्ञानिकहरुले अध्ययनको दायरा थप बढाएर अध्ययन् गरिएको बताइएको छ । यस अघि पनि यस सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन गर्दा नवजात शिशुलाई क्षयरोगविरुद्ध खोप दिने गरिएका देशमा कोरोना भाइरस संक्रमित तथा मृतकको दर निकै कम भएको वैज्ञानिकहरुले बताएका थिए । खोप पाएकाहरुका संक्रमण भईहालेपनि विना लक्षण कोरोना निको हुने गरेको पाइएको बैज्ञानिकहरुले बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार अमेरिका, इटाली, नेदरल्यान्ड्सलगायत देशमा बीसीजीखोप अनिवार्य गरिएको छैन । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कासंक्रमित तथा मृतकको संख्या पनि यी देशहरूमा निकै बढी छ ।
विसिजी त्यहि भ्याक्सिन हो, जुन नेपालमा नवजात शिशु जन्मिनासाथ वा जन्मिएको एक महिनाभित्र लगाउने गरिन्छ । यो एक पटक लगाए पुग्छ । यो खोप बाहेक नेपालमा बच्चा जन्मिएको ६, १० र १४ हप्ताको उमेरमा डीपीटी, हेपटाइटिस ‘बी’ र एचआईबी लगाइन्छ ।
नेपालमा बिसिजी खोप शिशुको पाखुरामा लगाइन्छ । प्रिम्याच्योर शिशुलाई भने म्याच्योर भएपछि मात्र यो खोप दिइन्छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!