उपत्यकामा महामारीको आगो सल्किएको हो ? भिडियोमा हेर्नुहोस् कहाँ कति संक्रमित ?

Posted on: 08 Aug, 2020

साउन २४, काठमाडौँ | काठमाडौँ उपत्यकामा पछिल्लो दुई सातामा कोरोना संक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै गएको पाइएको छ । ठूलो आवादी रहेको काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना संक्रमित बढ्नुले भयाबह अवस्था आउने हो कि भन्ने त्रास सुरु भएको छ । 

काठमाडौँका १०० भन्दा बढी स्थानहरुमा संक्रमितहरु फेला पर्नुले काठमाडौँमा कोरोना संक्रमणको आगो सल्किएको बुझ्न सकिन्छ । साउन २३ गते (शुक्रबार) बेलुकासम्म उपत्यकामा ६४६ जना सक्रिय संक्रमित छन् । जस मध्ये पछिल्लो २ साताभीत्र संक्रमित हुनेहरु आधा भन्दा बढी हुन् । एकै परिवारका ७ जनासहित उपत्यकामा शुक्रबार मात्र १२४ संक्रमित थपिएका छन् । यसले पनि संक्रमणको जोखिम बढीरहेको बुझ्न सकिन्छ ।


लकडाउन खुलेसंगै प्रदेश २ बाट आएकाहरु र भारतबाट आएकाहरुमा कोरोना देखिएको छ, उनीहरुसँग सम्पर्कमा आएका कति छन् कति अझै बढ्नेछन् ? कसैले कुनै अनुमान गर्न सक्ने अवस्था छैन । 

शुक्रबारसम्म उपत्यकाका काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना संक्रमित छन् । 

तल भिडियोमा हेर्नुहोस् पछिल्लो दुई सातामा उपत्यकाका कहाँ-कहाँ कति संक्रमित भेटिए ? 



यस बिषयमा तपाइको प्रतिक्रिया...!