प्रहरी हिरासतमा एक व्यक्तिको मृत्यु

Posted on: 12 Aug, 2020

साउन २८, कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

मदिरा सेवन गरी गाउँघरका स्थानीयवासीलाई मार्छु र आफू पनि मर्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई पनि दुःख दिएपछि आज बिहान ३ः०० बजे वडा नं १९ मा रहेको सीमा प्रहरी चौकी बहुलिया प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको र शौचालय गएको अवस्थामा त्यही मृत फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

मृतक चन्दको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलमा ब्लेड फेला परेको बताइएको छ । उनको शव अहिले परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!