पछिल्लो २४ घण्टा: थपिए १ हजार २०४ कोरोना संक्रमित

Posted on: 19 Sep, 2020

असोज ३, काठमाडौँ | गत २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । 

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।  

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या  ४५ हजार २६७ पुगेको गौतमले बताए ।  

२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् । थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!