काठमाडौं–युएई उडान थप गर्न आग्रह

Posted on: 20 Sep, 2020

असोज ४, काठमाडौँ | संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । 

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा  मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र  ब्यवसायीहरुलाई आग्रह गरेका हुन् । 

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि  युएई सरकारको सहकार्यको प्रसंसा गर्दै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे । 

राजदूत नाक्बीले काठमाडौं–युएई उडान थप गर्न आग्रह गरेका थिए । सो सम्बन्धमा  मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराएका थिए । 

माथिको तश्वीरमा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीबीच आइतबार पर्यटन  मन्त्रालयमा शिष्टाचार भेट । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!