काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

Posted on: 29 Oct, 2020

कात्तिक १३, काठमाडौं | जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ ।

कोरोना पुष्टि भएपछि उनले गृहमन्त्रालयलाई जानकारी गराएका छन् ।

हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो। उनले आफूलाई टाउको दुख्ने बाहेक अन्य लक्षण नभएको पनि बताएका छन् । 

दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!