विदेशबाट नेपाल आउँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | अब विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ | स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको हो |

कोरोना संकट व्यवस्थापन केन्द्रलाई नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न पत्राचार गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए | गौतमका अनुसार,क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र पिसिआर परिक्षण गरिने भएको छ | 

सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेको थियो | पछिल्लो समय कोरोना प्रभाव बढ्दै गएपनि यसको कार्यान्वयन भने भएको थिएँन | तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएको भन्दै सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ  गर्न लागेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!