६ वर्षीया बालिका हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोलि प्रहार

Posted on: 24 Nov, 2020

मंसिर ९, बर्दिवास | महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कार पछि हत्त्या भएको बिरोधमा उत्रिएका स्थानिय माथि प्रहरीले गोलि चलाएको छ | गोलि लागेर तिन जना घाइते भएका छन् | जिल्लाको बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने,श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी पनि घाइते भएका हुन् | 

बालिकाको हत्या पछि आक्रोश बनेका स्थानीयले शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् | त्यस्तै हत्याका आरोपीको घरमा आगजनी समेत गरेका छन् | प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ | त्यस्तै प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन् |

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट इतबार साँझदेखि हराएकी ६ वर्षीय बालिका गुलाब साह खातुनको  शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो |

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएको छ | प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!