कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु, १९४८ जनामा संक्रमण पुष्टि

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा  १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो | 

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त हुनेको संख्या ३१४० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | हाल देशभर सक्रिय १६६३९ संक्रमित रहेका छन् | मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु भएको छ | 

योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८९ पुगेको मन्त्रालयको तथ्यांक छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!