ड्युटी बाटै ९ घन्टा हराएका डिएसपी निलम्बनमा

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बनमा परेका छन् | उनलाई गृह मन्त्रालयले मंसिर १२ गते गत शुक्रबार देखि लागू हुने गरि निलम्बन गरेको हो | 

प्रहरी आचरण बिपरित काम गरेको भन्दै निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले जनकारी दिए | डिएसपी चौधरी मंसिर ९ गते राति सम्पर्क विहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक डिएसपी प्रतीक विष्टको नेतृत्वको टोली खटाएको थियो | 

अर्को दिन उनी आफै सम्पर्कमा आएका थिए | उनीमाथि छानविन गर्न प्रदेशका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाको नेतृत्वमा चार सदस्यी छानविन समिति गठन गरिएको एसएसपी सिंहले बताए | उनी इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका इन्चार्ज थिए |

उक्त घटनापछि चौधरीलाई प्रदेश कार्यालय तानिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!