नेपालमा कोरोना खोपलाई अनुमति

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ (रासस) । सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो ।

विभागको आज बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । 

सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ । उक्त खोप भोलिबाट भारतीय नागरिकलाई लगाउने तयारी भएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!