सबै सरकारी सेवा अब एकै एपबाट

Posted on: 16 Jan, 2021

माघ ३, काठमाडौं । सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे । 

सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । तत्कालका लागि एपमा ९ वटा सेवा समवेश गरिएको समाचारमा उल्लेख छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!