मकवानपुरमा विप्लवका कार्यकर्ताले बोलेरो जलाए

Posted on: 23 Jan, 2021

माघ १०, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । 

काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुर  प्रहरीले जानकारी दिएको छ । 

सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी हुँदा क्षती पुगेको छ । आगजानीमा कसको संलग्नता छ भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

विप्लव समूहले पार्टि सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला 'कञ्चन' पक्राउ परेको विरोधमा आज नेपाल बन्दको घोषणा गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!