नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, संक्रमित कति ?

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो | 

योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार २४ घन्टामा ४०३ जना कोरोना संक्रमण मुक्त भएका छन् | यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ | 

त्यस्तै २४ घन्टामा ७ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १ पुगेको मन्त्रालयको तथ्यांक छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!