मुस्कान खातुनलाई अमेरिकी आईडब्ल्यूओसी पुरस्कार

Posted on: 05 Mar, 2021

फागुन २१, काठमाडौँ । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ ।


अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कानलाई प्रदान गर्नेछन् । गत बर्ष वीरगन्जमा प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले उनीमाथि एसिड आक्रमण गरेका थिए । 

प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ । 

मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा आफूहरु खुसि रहेको दूतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!