गृह मन्त्रालयका २६ अधिकारीको सरुवा,को-कहाँ ? (सूचि सहित)

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौं । गृह–मन्त्रालयले २६ अधिकारीको सरुवा गरेको छ । बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् ।  ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ । सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । 

लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी  र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।

उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ । 

गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!