गोरखामा सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

Posted on: 23 Apr, 2021

वैशाख १०, गोरखा । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो ।

उनबाट चोरी गरेका नगद रु ४७ हजार ३१० समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!