२५५९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

Posted on: 23 Apr, 2021

वैशाख १०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा ८ हजार ७९८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जना र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा ११० जना गरी २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय १० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७५ रहेको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनका कारण ५ जनाको मृत्यु भएको छ । योसहित हालसम्म  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा हाल १४ हजार ७ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!