आजको मौसम पूर्वानुमान हेर्नुहोस्

Posted on: 06 May, 2021

वैशाख  २३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ । 

महाशाखाका अनुसार हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको छ। यता, गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ। 

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

दिउँसो देशका केही स्थानमा भने मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेश, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!