थप दुई हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जना सङ्क्रमितको मृत्यु

Posted on: 15 Jul, 2021

असार ३१, काठमाडौँ (रासस) । पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ७८२ र ८९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार ४६३ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार ४६८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!