आज भारी वर्षाको सम्भावना कहाँ कहाँ ? हेर्नुहोस्

Posted on: 22 Jul, 2021

साउन ७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । 

महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ । 

यसैगरी, महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी, र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!