पचास वर्ष माथिकालाई चार दिनसम्म खोप लगाइने

Posted on: 29 Jul, 2021

साउन १४, काठमाडौँ । कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।  

यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र  साँझ ५ः०० बजेसम्म जारी रहनेछ । 

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र  ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उहाँले बताउनुभयो ।  दुबै र पहिलो पटकमात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!