दशैंका लागि काठमाडौँ छाड्ने क्रम सुरु

Posted on: 25 Sep, 2021

कमल बिक्रम जिसी, काठमाडौँ । दशै‌ तिहार मनाउनका लागि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएको छ । उपत्यकामा अध्ययन, व्यापार वा अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरु दशै नजिकिएसँगै गाउँ फर्किन थालेका हुन् ।  

मध्यदशैंमा जाँदा भीडभाड हुने र कोरोना संक्रमणको डरका कारण अहिलेदेखि नै शहरबाट मानिसहरु गाउँ फर्कन थालेका हुन्। यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय पनि गरिसकेको छ । 

विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलपछि बिहीबार अग्रिम टिकट खुल्ने भएको हो। सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!