नेपाल प्रहरीका सम्पर्कविहीन ११ जनालाई सात दिनभित्र आउन सूचना जारी

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौं। प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ।

उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ।

आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशीलगायतका रहेका छन्। कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना:


यस बिषयमा तपाइको प्रतिक्रिया...!