दसैँमा माटो पनि बिक्री हुन्छ, दैनिक दुई हजारसम्म कमाइ

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ। दसैंको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो। साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै।

नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे। मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई माटो बेचे। बागलुङ बजार कटेपछि रातामाटा, मुलपानी, खहरेदेखि अछेतेसम्मै सडक छेउछाउ रातो माटो देखिन्छ। बर्सेनि दसैँमा त्यस आसपासका महिला रातो माटो बेच्न तम्सिन्छन्। लोकमार्ग किनारमा खसेका पहिरा र ढिस्काबाट रातो माटो झिक्छन्।

घरकै कान्छोबुबाको जग्गाबाट खसेको पहिराबाट माटो झिकेर बेचेको पूजा विश्वकर्माले सुनाइन्। “पहिराको माटो मात्र बेच्न पाइन्छ, अन्त खन्न मिल्दैन”, उनले भनिन्। उनीसहित तीन महिलाले विगत छ दिनदेखि रातो माटो बेच्दै आएका छन्। चामलको थैला बराबरको माटो रु २०० मा बेच्ने गरिएको विश्वकर्माले बताइन्। कसैलाई घटाएर पनि बेच्नुपरेको उनको भनाइ छ। एक जनाको कमाइ दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्म निक्लने गर्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!