जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौँ | जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। राजापुर नगरपालिका १० झप्तीस्थित गेरुवा कर्णाली नदी किनारमा ३५ वर्षीय बेचेन दहितको आइतबार विहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

घर देखि १ किलोमिटर टाढा दहितको मृत्यु भएको बर्दिया प्रहरीका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!